काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।
दोस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।
पत्रकार महासंघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखे पनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।
नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ ।
Facebook Comments Box
