Author: खबरमञ्च
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दसैँ नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दसैँ मनाउन आग्रह गरेका छन्। कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दसैँ मनाउन मुख्यमन्त्री कार्कीले आग्रह गरेका हुन्। बडा दसैँको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सवैको सहकार्य र हातेमालो जरुरी भएको बताए। उनले हाम्रो संस्कृति, हाम्रो गौरवका रुपमा रहेको बडा दसैँले नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले भनेका छन्,’दसैँले…
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो। जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ। यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार ब्यहोरेको थियो। तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ। उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को…
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन्। उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए। हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो। यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए। एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन्। शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। बडादसैँको आठौँ दिन मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो। त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी तथा महानवमी पर्व मनाइएको…
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताएका छन्। राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो। शुक्रवार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ। भवन भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङले निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराएका हुन्। महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उनको परिवारप्रति आभार व्यक्त गरेका छन्।
म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने। “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो।” लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ। बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो। बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको…
फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ। वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन्। दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो। क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । “लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक…
झापा । जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र पूर्वी तराईमा दसैं आएको अनुभूति हुन्छ। सोही अनुभूति गराउन झापाका विभिन्न स्थानमा सन्थाल नाच देखिने गरेको। पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप हुने अवस्थामा पुगेको छ। सन्थाल जातिका मानिसहरु आर्थिक अभावका कारण विस्थापित हुने क्रम जारी रहेकाले उनीहरुको विशेष प्रकारको नृत्य पनि लोप हुन लागेको बताइन्छ। सन्थाल अग्रजहरु भने आफ्नो मौलिक संस्कृति नै हराउन लागेकोमा चिन्तित छन्। उनीहरु भन्छन् सन्थाल युवाहरुमा यो नृत्यप्रति चासो घट्दो क्रममा छ। टाउकामा नेपालको राष्ट्रिय झण्डा, एकै प्रकारका पहिरनमा कछाड…
झापा । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। गएराति २१ः१० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर ६ पुरानो मेचीपुलबाट उर्लाबारी २ का २१ वर्षीय दुर्गा दर्जीलाई नियन्त्रणमा लिएको हो। दर्जीमाथि जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
काठमाडौँ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरुमा तथा वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी…