काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताएका छन्।
राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो।
शुक्रवार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ। भवन भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङले निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराएका हुन्।
महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उनको परिवारप्रति आभार व्यक्त गरेका छन्।
Facebook Comments Box
