Author: खबरमञ्च

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार १२ जना मानवको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुने आयोकले जनाएको छ । उद्धार यात्राका क्रममा उद्धार टोली बुधबार सुनसरीको दुहबी, इटहरी, धरानका विभित्र स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरेको हो । सुनसरीको दुहबी नगरपालिका–७ बाट एक जना, इटहरी उपमहानगरपालिकाका विभित्र वडाबाट सात जना र धरान उपमहानगरपालिकाबाट चार गरी १२ जनाको उद्धार भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । यात्राको…

Read More

झापा । झापाको बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा लामो दसैँ-तिहार-छठ पर्व विदा दिएको छ। एक महिना भन्दा लामो विदा दिएका कारण छोरा-छोरीको पढाई विग्रिने भन्दै केही अभिभावनहरूले असन्तुष्टि जनाएका छन्। असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो। शिक्षकहरूले सबै चाडबाड आनन्दले मनाउन पाउने भन्दै खुशी व्यक्त गरेका छन्। हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दसैँ विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए। उनले प्याव्सन, एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो विदा पारित गरिएको जानकारी दिए। लामो…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गर‍े । उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बत्रुपर्ने धारणा राखे । उनले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भने, “सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ…

Read More

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवस बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाएको छ। जिल्ला प्रहरी कार्यालय भद्रपुरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई प्रहरीले सलामी अर्पण गरेको थियो। सो अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो। जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जली समारोह पनि आयोजना गरिएको छ। प्रत्येक वर्ष असोज मसान्तमा नेपाल प्रहरीले प्रहरी दिवस मनाउँदै आएको छ। सोही क्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले अन्य निकाय नगरेको वा गर्न नसकेको काम प्रहरीले गर्नुपरेको बताए। उनले जनताको सेवामा इमान्दारी प्रस्तुत गर्द प्रहरी कर्मचारीलाई निर्देशन दिए। कार्यक्रममा बोल्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जनताको सेवामा काम गर्न नेपाली…

Read More

झापा । जंगली हात्तीको समूहले बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काइदिएको छ। गएराति चार-पाँचवटाको समूहमा आएको जंगली हात्तीको समूहले विद्यालय भवन भत्काइदिएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्। राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति गरेका हुन्। हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काइदिएको हो।

Read More

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार भएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । मंगलबार उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धार तथा सेवामा खटिएको थियो। मंगलबार ६ जना सहयोगापेक्षी मानवहरूको उद्धार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको…

Read More

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाैँ आइपुग्ने एन्फाले जनाएको छ। सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने…

Read More

काठमाडौँ । सरकारले दसैँका लागि दिएको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन्। दसैँका लागि दिइएको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको हो। सप्तमीदेखि सुरु भएको बिदापछि आज त्रियादशीका दिनदेखि कार्यालयहरू खुल्न लागेका हुन्। विजयादशमीको टीका जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमा जारी रहन्छ।

Read More

झापा । इलामको चुलाचुलीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

झापा । गएराति झापाको शिवसताक्षी नगरपालिका–९ स्थित नहर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन्। राति अन्दाजी १०.४५ बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र१–०१–०१७प ४६८७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प ५०७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने ३१ वर्षीय देवलाल राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीया ममता राजवंशी, स्कुटी चालक शिवसताक्षी ११ बस्ने ३० वर्षीय सबिन पौडेल र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रबिन बस्नेत घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ। दुबै सवारी साधन…

Read More