झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवस बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाएको छ।
जिल्ला प्रहरी कार्यालय भद्रपुरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई प्रहरीले सलामी अर्पण गरेको थियो।
सो अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जली समारोह पनि आयोजना गरिएको छ। प्रत्येक वर्ष असोज मसान्तमा नेपाल प्रहरीले प्रहरी दिवस मनाउँदै आएको छ।
सोही क्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले अन्य निकाय नगरेको वा गर्न नसकेको काम प्रहरीले गर्नुपरेको बताए।
उनले जनताको सेवामा इमान्दारी प्रस्तुत गर्द प्रहरी कर्मचारीलाई निर्देशन दिए।
कार्यक्रममा बोल्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जनताको सेवामा काम गर्न नेपाली प्रहरी सँधै तत्पर रहेको बताए।







Facebook Comments Box
