Author: admin

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्। ‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने। संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको भन्दै उनले त्यस्तो अनैतिक कामको साक्षी आफू बस्न नसक्ने बताए। सानाे पार्टीको अध्यक्ष भएको नाताले चुनावकेन्द्रीत गतिविधिमा जानु पर्ने र सांसद भएरै त्यसमा होमिन नैतिकताले नदिने उनकाे भनाइ छ। जाँदाजाँदै उनले आगामी चुनावपछि ठूलो पार्टी र नीतिगत रुपमा प्रभाव पार्ने…

Read More

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउने गरि कानून संशोधन गर्न लागिएको भन्दै लिङ्देनले राजीनामा दिन लागेको बताएका छन्। खबरमञ्चसँग कुरा गर्दै लिङ्देनले आजको संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने बताएका छन्। मुलुक चुनावी गतिविधिमा होमिइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न आफ्नो नैतिकताले नदिने भन्दै राजीनामा दिन लागेको उनले बताए।

Read More

काठमाडौँ। भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउन लागेका हुन्। भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ। यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायत देशका उच्च पदस्त व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ।

Read More

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको फैसलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले क्षमा याचना गरेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नै श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी रञ्जन कोइरालाको फैसलामा गल्ती भएको भन्दै माफी मागेका हुन्। उनले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन्। उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऎनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालकले छोराहरू इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो। नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका दिइएको हो। त्यसमा गल्ती…

Read More

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १५ की एक महिलालाई असुरक्षित प्रसूति गराएर बच्चाको मृत्यु भएपछि बिर्तामोडमा रहेको मनमोहन अस्पताल महिलाका आफन्तले शनिवार तोडफोड गरेका छन् । गर्भवती मेचीनगर १५ की बीना खनाललाई अदक्ष नर्स र सरसफाइका कर्मचारीले प्रसूति गराएको खनालका आफन्तले बताएका छन् । चिकित्सकको उपस्थिति बेगर जबरजस्ति जन्माएको बच्चाको मृत्यु भएपछि खनालका आफन्त तथा छरछिमेकीले मनमोहन अस्पताल शनिवार तोडफोड गरेका हुन् । गत भदौ १५ गते प्रसूतिका लागि बीना खनाल मनमोहन अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन बेलुका करिब ६ बजे अस्पताल प्रसूति विशेषज्ञ डा. एकराज गौतमको उपस्थिति बेगर नै उनलाई अदक्ष नर्स तथा सरसफाइका कर्मचारीले…

Read More

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाईसकेको बताएका छन् । प्रजातान्त्रिक चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएसंगै आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन कांग्रेस नेतृत्वको सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका हुन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने गरि तयारी गर्न पनि आग्रह गरे ।

Read More

झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकताको विषयमा दह्रो उभिएको भन्दै राष्ट्रपति भण्डारीको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रपतिको अडानको प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, ‘नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी जनभावना र राष्ट्रियताको पक्षमा दह्रोसँग उभिनु भयो। राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरिनु दुर्भाग्यपूर्ण र राष्ट्रपति संस्थाको अवमुल्यन हो। विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिने व्यवस्था कदापि राष्ट्रहितको पक्षमा छैन।’

Read More

काठमाडौं । अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । ९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ । ‘उक्त शीर्षकको करस्वरुप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्नेछ ।’ कामपाको राजस्व विभाग प्रमुख डा. विश्वरराज अधिकारीले भने, ‘७० करोड रुपैयाँ रकम असुल गनुपर्ने थियो, गत…

Read More

काठमाडौं । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ राष्ट्रिय सभाबाट हुवहु पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः पारित भइसकेको छ । यसअघिे विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेर राष्ट्रियसभामा पेश गरेको थियो । संघीय संसदको दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते सन्देशसहित…

Read More

झापा । हात्तीको आक्रमणमा परि झापा बुद्धशान्ति गाउँपालिका ५ की ३४ वर्षिय कृष्णकुमारी श्रेष्ठको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Read More