काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।
चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउने गरि कानून संशोधन गर्न लागिएको भन्दै लिङ्देनले राजीनामा दिन लागेको बताएका छन्।
खबरमञ्चसँग कुरा गर्दै लिङ्देनले आजको संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने बताएका छन्। मुलुक चुनावी गतिविधिमा होमिइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न आफ्नो नैतिकताले नदिने भन्दै राजीनामा दिन लागेको उनले बताए।
Facebook Comments Box