काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाईसकेको बताएका छन् ।
प्रजातान्त्रिक चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएसंगै आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन कांग्रेस नेतृत्वको सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका हुन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने गरि तयारी गर्न पनि आग्रह गरे ।
Facebook Comments Box