काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको फैसलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले क्षमा याचना गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नै श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी रञ्जन कोइरालाको फैसलामा गल्ती भएको भन्दै माफी मागेका हुन्।
उनले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन्। उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऎनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालकले छोराहरू इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो। नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका दिइएको हो। त्यसमा गल्ती भएको छ। विवेक प्रयोग गर्दा, यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने, जनता समक्ष क्षमा चाहन्छु। मलाई प्रायश्चित भएको छ।’