झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकताको विषयमा दह्रो उभिएको भन्दै राष्ट्रपति भण्डारीको प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रपतिको अडानको प्रशंसा गरेका हुन्।
उनले लेखेका छन्, ‘नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी जनभावना र राष्ट्रियताको पक्षमा दह्रोसँग उभिनु भयो। राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरिनु दुर्भाग्यपूर्ण र राष्ट्रपति संस्थाको अवमुल्यन हो। विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिने व्यवस्था कदापि राष्ट्रहितको पक्षमा छैन।’
Facebook Comments Box