Author: admin
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । उद्योगमा चाहिएजति बिजुली पु-याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो । गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पु-याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् । जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन् । त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे । उनले आफ्नो चीन भ्रमणका बिषयमा पनि छलफल भइरहको जानकारी दिए। प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समूदायसंग बिशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए । उनले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ…
काठमाडौं । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन् । सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाइ छ । रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए । रावलले नागरिकता विद्येयकको पनि विरोध गर्दै नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र…
काठमाडौं । ‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक प्रस्तुत गरेका थिए । सो क्रममा गृहमन्त्री बालकृष्ण खाँणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको जानकारी दिए । तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ छ । उनले तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताए ।…
झापा । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (बुधबार) बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नु पर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामि ५ महिना भित्र वर्गिकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । नगरपालिकाले…
काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहीबार बस्ने सीट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो। बैठक दिउँसो १२ बजे संसद भवनको शंकर हलमा बस्ने समितिका सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए। २२ साउनको संसदले महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ। महाभियोग प्रस्ताव प्राप्त भएपछि महाभियोग सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भएकोले पहिलो बैठक बस्न लागेको ती सदस्यले जानकारी दिए। आजको बैठकले महाभियोग सिफारिस समितिले संयोजक तोकेर आवश्यक कार्यविधि बनाउन सक्नेछ।
काठमाडौं । नायव सुब्बाहरूले आज बुधबार एक घण्टा पेन डाउन गर्ने भएका छन् । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले एक घण्टा पेन डाउन गर्ने भएका हुन् । आज बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरूले पेन डाउन गर्ने भएका हुन् । त्यस्को सट्टा खाजा खाने समयमा पनि काम गर्ने उनीहरूले बताएका छन् । नासुहरुले मंगलबार बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्याङ्क विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् । ‘तथ्याङ्क विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ । देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ। खानेपानी तथा सरसफाइ विधेयक,…
काठमाडौँ । असार पहिलो साता पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन निर्देशन दिए । देउवा र मन्त्रीहरूको छलफलमा पेट्रोलको मूल्यमा प्रतिलिटर २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने सहमति बन्यो । यही सहमतिपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने निर्णय भएको बताउँदै त्यहीअनुसार मूल्य घट्ने जानकारी दिए । त्यसबेला अर्थमन्त्री जनार्दन शर्मा कर घटाउन सहमत भए पनि अहिलेसम्म समायोजन भएको छैन । यसैकारण गर्दा इन्धनको मूल्य पनि घटेको छैन। यसबाट मुलुकको कार्यकारी प्रधानमन्त्री ठुलो कि अर्थमन्त्री ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री…