काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक बस्दै छ।
सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो।
बैठक दिउँसो १२ बजे संसद भवनको शंकर हलमा बस्ने समितिका सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए।
२२ साउनको संसदले महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएको थियो।
महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ।
महाभियोग प्रस्ताव प्राप्त भएपछि महाभियोग सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भएकोले पहिलो बैठक बस्न लागेको ती सदस्यले जानकारी दिए।
आजको बैठकले महाभियोग सिफारिस समितिले संयोजक तोकेर आवश्यक कार्यविधि बनाउन सक्नेछ।
Facebook Comments Box