काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् ।
जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन् । त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे ।
उनले आफ्नो चीन भ्रमणका बिषयमा पनि छलफल भइरहको जानकारी दिए। प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समूदायसंग बिशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए ।
उनले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका बरिष्ठ नेतासंग छलफल गरेको र दुईपक्षीय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिए ।
प्रचण्ड साउन २१ गते नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा त्यसतर्फ गएका थिए।