काठमाडौं । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन् ।
सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाइ छ ।
रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए ।
रावलले नागरिकता विद्येयकको पनि विरोध गर्दै नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे ।
Facebook Comments Box