Author: admin
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादको मुद्दामा दोषी ठहर भएर उपप्रधान एवम् गृहमन्त्री र प्रतिनिधि सभा सदस्य पदबाट हटेपछि सत्ता साझेदार दलहरुबीच भावी गृहमन्त्रीलाई लिएर विवाद देखिएको छ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ । सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उहाँको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ । यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि पनि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालयमातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोका रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर र निवासबाट शासन चलाएको तीतो अनुभूति तपाईं हामी सबैसँग छु, उनले भने, ‘यसपटक त्यो गल्ती दोहोर्याउनु हुँदैन। विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’ उनले यस पटक आफूले सिंहदरबारबाटै शासन गर्न चाहेको बताएका छन्। ‘यसपटक सिंहदरबारबाटै शासन गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको…
र्निवाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुने गरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । रासस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । न्युल्याण्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेकी थिइन् । उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । सर्वोच्च अदालतको आदेशपछि पुन: नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउनेबारे निचोडमा पुग्न गठबन्धनका शीर्ष नेता छलफलमा बसेको बताइएको छ। श्रोतका अनुसार लामिछानेलाई गृहमन्त्री बनाउननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मानेका छैनन्। संसद सदस्य नभएपनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।
काठमाडौं । रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पार्टीको सभापति पदसमेत गुमाएका रवि लामिछानेले आइतबार मात्रै नागरिकता पुनः कायम गरेका थिए । नागरिकता पुन: कायम भएसँगै आइतबारै लामिछानेलाई पार्टीले सभापतिको जिम्मेवारी दिएको हो ।
काठमाडौँ । रवि लामिछानले नेपाली नागरिकता पाएका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गराएका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आइतबार नै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ। रविको नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलापछि रविको सांसद् पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपाले जनाएको छ। रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छन्। रविले नागरिकता लिएर फर्किने बित्तिकै उनलाई पार्टी सभापति घोषणा गर्ने रास्वापाले जनाएको छ। दिउँसो ३ बजेपछि रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकले लामिछानेलाई सभापतिकाे रूपमा घाेषणा गर्नेछ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।’ उनले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास…