काठमाडौं । रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् ।
पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पार्टीको सभापति पदसमेत गुमाएका रवि लामिछानेले आइतबार मात्रै नागरिकता पुनः कायम गरेका थिए । नागरिकता पुन: कायम भएसँगै आइतबारै लामिछानेलाई पार्टीले सभापतिको जिम्मेवारी दिएको हो ।
Facebook Comments Box