काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशपछि पुन: नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउनेबारे निचोडमा पुग्न गठबन्धनका शीर्ष नेता छलफलमा बसेको बताइएको छ।
श्रोतका अनुसार लामिछानेलाई गृहमन्त्री बनाउन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मानेका छैनन्। संसद सदस्य नभएपनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।
Facebook Comments Box