काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादको मुद्दामा दोषी ठहर भएर उपप्रधान एवम् गृहमन्त्री र प्रतिनिधि सभा सदस्य पदबाट हटेपछि सत्ता साझेदार दलहरुबीच भावी गृहमन्त्रीलाई लिएर विवाद देखिएको छ।
Facebook Comments Box