Author: admin
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएकाे छ । राणाले आजदेखि सर्वाेच्च अदालत जाने खबर पठाएपछि उनलाई राेक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर निवासबाट निस्कन रोक लगाइएको हो । राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकालनै सकिएपछि राणा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए । राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर…
काठमाडौँ । संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्। उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चार सन्देश दिन खोजेको छ। पदयात्रामार्फत एमालेले संविधान दिवस जनताको हुनुपर्ने, राष्ट्रियताका पक्षमा एकताबद्ध भएर उभिनुपर्ने, संविधानको रक्षा तथा कार्यान्वयन र…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो । आजको बैठक ११ बजेपछि बोलाइएको छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा महाधियोग लगाउन सिफारिस गरेका हुन् । समितिमा रहेका एमालेका चार र लोसपाका एक सांसदले भने फरक मत राखेका छन् । समितिले सिफारिस सहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई समेत बुझाइसकेको छ।
काठमाडौं । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ । २८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत रहेको छ । प्रतिवेदनको अन्तिम निष्कर्ष निकाल्न भने समितिका सभापतिलाई जिम्मा दिइएको छ । निष्कर्षमा सबै दल सहमत भए आजै प्रतिवेदन पारित गरेर सभामुखलाई बुझाउने तयारी छ।
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।
अछाम । अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो । सबैको सनाखत समेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरि,…
काठमाडौं। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो। आजको बैठकले देशभरबाट सिफारिस भएका आएका उम्मेदवारबाट मापदण्ड पूरा भएकाहरुको नाम छनोट गरि टुंगो लगाउने बताइएको छ।
काठमाडौं । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन्।
काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।