काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएकाे छ ।
राणाले आजदेखि सर्वाेच्च अदालत जाने खबर पठाएपछि उनलाई राेक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर निवासबाट निस्कन रोक लगाइएको हो ।
राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकालनै सकिएपछि राणा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए ।
राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए ।
महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
समितिको बहुमतले राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेददन बुझाएको थियो ।