प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ ।
११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा महाधियोग लगाउन सिफारिस गरेका हुन् । समितिमा रहेका एमालेका चार र लोसपाका एक सांसदले भने फरक मत राखेका छन् ।
समितिले सिफारिस सहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई समेत बुझाइसकेको छ।
Facebook Comments Box