Author: admin
काठमाडाैं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछन् । अध्यक्ष लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष लीले भाेलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ । त्यअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ । साेमबार दिउँसाे काठमाडाैं आएका लीले साेमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । ली बिहीबार स्वदेश…
धरान । धरान उपमहानगरपालिकाका सर्वसाधारणका लागि खानेपानीको व्यवस्था गरिदिने मुद्दा लिएर मेयरमा जितेका हर्क साम्पाङ अन्ततः धरानमा पानी ल्याउन सफल भएका छन् । सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयबासीले खुसी साटे। धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटेका हुन्। भिडिओ पोस्ट गर्दै मेयर साम्पाङले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’ धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए। यसअघि निर्वाचित जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर आन्दोलनमा लागेका थिए ।
काठमाडौँ । नेपालको प्रतिनिधिसभा र जनवादी गणतन्त्रचीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। जनकंग्रेसका अध्यक्ष ली चान्शुको औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार दुई देशको संसदबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका सभामुख अग्नि सापकोटा र चान्शुले हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चिरकालसम्म मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धनलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसदबीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ। पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक…
काठमाडौं। डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु भइरहेको जनाएको छ । सूचनामा भनिएको छ, ‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग…
काठमाडौं। चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु आज नेपाल भ्रमणमा आउँदै छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी तीनदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी दिउँसो सवा ३ बजे नेपाल आइपुग्नेछन्। सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लीको नेपाल भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ। भेटमा केही समझदारी पत्रमा हस्ताक्षर हुनेसमेत बताइएको छ। आजनै लीको सम्मानमा सापकोटाले रात्रिभोज दिने कार्यक्रम पनि रहेको छ। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि मंगलबारनै भेटवार्ता गर्नेछन्। त्यस्तै एमाले अध्यक्ष केपी ओली र…
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । २८ दिन अवधिको ५ अर्ब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
काठमाडौं । आफ्ना मागका बारेमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै डा. गोविन्द केसी सोमबारदेखि सत्याग्रह बस्ने भएका छन् । सत्याग्रह बस्नका लागि उनी धनगढी पुगेका छन् । साँझ ५ बजेदेखि उनी सत्याग्रह बस्ने भएका हुन्। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) समयसीमा दिएका थिए। उनले त्यसअघि १२ भदौसम्म अल्टिमेटम दिएका थिए। सरकारले थप दुई साता माग गरेको भन्दै उनले भदौ १२ मा बस्ने भनेको सत्याग्रह २७ सम्म स्थगन गरेका थिए। यस्ता छन् केसीका मागः१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्। २)…
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटकाे विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु नै जुटेका हुन् । गठबन्धनको कार्यदलले कसलाई कति सिट बाँड्ने भन्ने निक्र्यौल गर्न नसकेपछि शीर्ष नेताहरु नै अघि सरेका हुन् । कार्यदलले प्रतिनिधि सभा सदस्यका १ सय ६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटाएको गठबन्धनका एक नेताले बताए । कार्यदलले सहमति जुटेका क्षेत्र र विभिन्न पक्षले दावी गरेका क्षेत्रहरु छुट्याएर नेताहरुलाई सुझाव दिएको छ । समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिंदै गर्दा सत्तारुढ…
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ। बैठकमा आसन्न निर्वाचनका लागि आवश्यक निर्णयहरु गर्ने र गठबन्धनमा भइरहेको सिटबाँडफाँटका विषयमा पनि छलफल हुने उपमहासचिव गिरिराजमणि पोखरेलले खबरमञ्चलाई बताए। यसबाहेक आजको बैठकमा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारबन्नेहरुका बारेमा पनि छलफल हुने बताइएको छ। माओवादीमा २१ सदस्यीय पदाधिकारी छ।
एजेन्सी । दिवंगत बेलायतकी महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो । शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत महारानीप्रति श्रद्धाञ्जली दिएका थिए । बिरामी अवस्थाकी महारानी आरामका लागि स्कटल्याण्ड गएको बेला त्यही नै उनको निधन भएको थियो । शव एडिनबर्ग आईपुगेपछि शाही पाश्ववर्ती सेनाले सलामी दिएको थियो । त्यसपछि गद्दी बैठकमा राखेर दरबारका कर्मचारी तथा आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए । महारानीको शवलाई साेमबार सेन्ट गिल्स क्याथेड्रलमा लगिने भएकाे छ । जहाँ नवनियुक्त राजारानी तथा शाही सदस्यहरूको उपस्थितिमा पादरीहरूले प्रार्थना…