धरान । धरान उपमहानगरपालिकाका सर्वसाधारणका लागि खानेपानीको व्यवस्था गरिदिने मुद्दा लिएर मेयरमा जितेका हर्क साम्पाङ अन्ततः धरानमा पानी ल्याउन सफल भएका छन् ।
सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयबासीले खुसी साटे।
धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटेका हुन्।
भिडिओ पोस्ट गर्दै मेयर साम्पाङले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’
धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए।
यसअघि निर्वाचित जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर आन्दोलनमा लागेका थिए ।
Facebook Comments Box