काठमाडाैं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछन् ।
अध्यक्ष लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीले भाेलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ । त्यअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।
साेमबार दिउँसाे काठमाडाैं आएका लीले साेमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ली बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।