Author: admin
काठमाडाैं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
काठमाडौँ। नेपाल बार एशोसिएशनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनमार्फत अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्याएको बताएको छ । बारले बिहीबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा अख्तियारले दिएको अभिव्यक्ति आफूअनुकूल फैसला गराउनका लागि दबाब भएको आरोप लगाएको छ। मंगलबार मात्र आयोगले पत्रकार सम्मेलन गरेर विशेष अदालतमा भएका फैसलामा चित्त बुझाउन सक्ने अवस्था नरहेकाले सर्वोच्चमा पुनरावदेन दिएको जानकारी गराएको थियो । आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी अदालतमा न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने कार्य गरेको निष्कर्ष रहेको बारको भनाई छ । अदालतको फैसला चित्त नबुझे सर्वोच्चमा…
सिन्धुपाल्चोक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले निर्वाचन भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताए। उनले निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् । तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाको भारतप्रति नीति स्पष्ट नभएको ओलीले आरोप लगाए । झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली भूमी भारतसँग माग्न नजाने बताए । उनले अतिक्रमित भूमी भारतसँग वार्तामार्फत फिर्ता ल्याइने बताए । चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित भूमीप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको आलोचना गरे । विगतमा एकपक्षीय रुपमा भारतले राखेका चेकपोष्ट दुई देशबीच वार्तामार्फत हटाएको उदाहरण रहेको उनको भनाइ छ । देउवाले प्रधानमन्त्री पद जोगाउँनका…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको बताइन् । आईसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराइन् । राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताइन् । सबै…
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ । यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया…
काठमाडौं । प्युठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना हुँदा सोही वडाको पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८…
काठमाडौं । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनाैँ घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका- ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका- ३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा…
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी ‘मिसन १५०’को लक्ष्य राखेर चुनावमा होमिएको बताएका छन् । झापाको अर्जुनधारामा निर्मित सुखानी स्मृति पार्कमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै उनले जसरी पनि प्रतिनिधि सभामा आफ्ना जित्ने उम्मेदवारको संख्या १ सय ५० पुर्याउने हिसाबले चुनावमा होमिएको बताए । उनले भने, ‘प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा उपस्थित हाम्रा सांसदको संख्या हामीले राखेको लक्ष्य अनुरुप हुनुपर्छ भनेर हामी चुनावमा होमिएका हौं ।’ सुदूरपश्चिम प्रदेशदेखि चुनावी दौडाहा शुरु गरेका ओली मंगलबार साँझ गृहजिल्ला झापा आइपुगेका हुन् । उनी झापाको क्षेत्र नं ५ बाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । जनताको पक्षमा काम…