सिन्धुपाल्चोक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले निर्वाचन भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताए।
उनले निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।
तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए ।
Facebook Comments Box