काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाको भारतप्रति नीति स्पष्ट नभएको ओलीले आरोप लगाए ।
झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली भूमी भारतसँग माग्न नजाने बताए । उनले अतिक्रमित भूमी भारतसँग वार्तामार्फत फिर्ता ल्याइने बताए ।
चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित भूमीप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको आलोचना गरे ।
विगतमा एकपक्षीय रुपमा भारतले राखेका चेकपोष्ट दुई देशबीच वार्तामार्फत हटाएको उदाहरण रहेको उनको भनाइ छ ।
देउवाले प्रधानमन्त्री पद जोगाउँनका लागि विदेशीको इशारामा काम गरेको भन्दै बाँचुन्जेल देशका लागि राम्रो काम गर्न ओलीले सुझाव दिए ।