Author: admin

काठमाडौं । दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । शनिबारदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यात्रुले अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सक्नेछन् । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय यसअघि नै भइसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शनिबारदेखि लामो तथा मध्यम दूरीको बसको टिकट…

Read More

झापा । टिपरको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी बाह्रदशी गाउँपालिका ५ निवासी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको हो । उनकी श्रीमती ४० वर्षीया गीता पौडेल घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूले जानकारी दिए । घाइते गीताको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश ३-००-१ क ००९१ नम्वरको टिपरले विपरित…

Read More

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। पाँच पटकको च्याम्पियन भारतलाई १-० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो। यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो। नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८-० गोलको जित निकालेको थियो। नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ…

Read More

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् ।

Read More

काठमाडौँ। यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा…

Read More

काठमाडौं । सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको भूमीमन्त्री शशी श्रेष्ठले जानकारी दिइन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने विगतको अभ्यास रहँदै आएको छ। संविधान र निर्वाचनसँग सम्बन्धित ऐनमा भने स्पष्ट व्यवस्था छैन।

Read More

काठमाडौं। संविधान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा ‘वाकाथन’ गर्ने भएको छ । केन्द्रीय कमिटीको आयोजना हुन लागेको वाकाथन राजधानीका ५ स्थानबाट सुरु प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। उनका अनुसार पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्मको पैदल यात्रामा एमाले नेता कार्यकर्ताहरु निस्किनेछन्। नयाँ बानेश्वर चोकबाट अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली वसन्तपुर डबलीका लागि पैदलै निस्किने तालिका छ। त्यसैगरी मैदीदेवी, लैनचौर, कालिमाटी र कुपन्डोलबाट पनि टोली निस्किने छन्। वाकाथनका सन्दर्भमा एमाले अध्यक्ष ओलीले एक भिडियोमार्फत भनेका छन्,’ हामीले ठूलो बलिदान र त्यागका साथ हाम्रो संविधान ल्याएका छौं। यसपटक हामी संविधान दिवस विशेष प्रकारले मनाउँदै छौं, र संविधान दिवसका अवसरमा…

Read More

काठमाडौं। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्याउने तयारी गरेको छ। आज बिहान ८ बजेदेखि सिंहदरबारमा जारी बैठक अहिले पनि जारी छ। समितिले आज निलम्बित प्रधानन्यायाधीश राणालाई उनले दिएको बयानमा हस्ताक्षर गराउँदैछ। हस्ताक्षरपछि आजै पुरक बयान लिने तयारी समितिको रहेपनि लिने नलिनेमा सत्तापक्ष र प्रतिपक्ष मतभेद छ। यद्यपि, सत्तापक्षले आज साँझसम्म प्रतिवेदन लेखेर निष्कर्षसमेत टुंगो लगाएर प्रतिनिधि सभाको भोलिको अन्तिम बैठकमा पेश गर्न चाहिरहेको छ। प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ। राणाविरुद्धको महाभियोग पारित हुन दुईतिहाई मत आवश्यक हुन्छ। प्रमुख प्रतिपक्षी एमालेको साथ बिना प्रस्ताव पारित हुन असम्भव छ। तर चुनाव नजिकिँदै जाँदा…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई आगाी चुनावका लागि जिल्ला फर्कन निर्देशन दिएका छन्। शुक्रबार संसदीय दलको बैठकमार्फत बिदाई सम्बोधन गरेका ओलीले आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्दै चुनावमा होमिन भनेका छन्। संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए । सो अवसरमा उनले आफ्ना सांसदहरुले खेलेको भूमिकाको समेत प्रशंशा गरेका थिए।

Read More

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ। संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाकारी दिनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षा गर्नुहुनेछ । संसदीय दलका नेता समेत रहनुभएका ओलीले एमालेका संसद्लाई धन्यवाद दिने र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिने कार्यक्रम रहेको छ। संसदको कार्यकाल भोलि सकिँदैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

Read More