काठमाडौं। संविधान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा ‘वाकाथन’ गर्ने भएको छ ।
केन्द्रीय कमिटीको आयोजना हुन लागेको वाकाथन राजधानीका ५ स्थानबाट सुरु प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
उनका अनुसार पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्मको पैदल यात्रामा एमाले नेता कार्यकर्ताहरु निस्किनेछन्।
नयाँ बानेश्वर चोकबाट अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली वसन्तपुर डबलीका लागि पैदलै निस्किने तालिका छ।
त्यसैगरी मैदीदेवी, लैनचौर, कालिमाटी र कुपन्डोलबाट पनि टोली निस्किने छन्।
वाकाथनका सन्दर्भमा एमाले अध्यक्ष ओलीले एक भिडियोमार्फत भनेका छन्,’ हामीले ठूलो बलिदान र त्यागका साथ हाम्रो संविधान ल्याएका छौं। यसपटक हामी संविधान दिवस विशेष प्रकारले मनाउँदै छौं, र संविधान दिवसका अवसरमा बसन्तपुरमा वाकाथनको आयोजना गरेका छौं। म सबै साथीहरुलाई संगै हिड्न आग्रह गर्दछु।’