काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ। संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाकारी दिनुभयो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षा गर्नुहुनेछ । संसदीय दलका नेता समेत रहनुभएका ओलीले एमालेका संसद्लाई धन्यवाद दिने र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिने कार्यक्रम रहेको छ।
संसदको कार्यकाल भोलि सकिँदैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
Facebook Comments Box