Author: admin

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पुरानै जनगणनाका आधारमा समानुपातिकतर्फ सिट निर्धारण हुने भएको छ । २०७८ सालमा जनगणना भएर नयाँ तथ्यांक आए पनि पुरानै गणनाका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व हुने भएको हो । संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोग र दलहरूले जनसंख्याका विषयमा चासो नदिँदा पुरानै तथ्यांकका आधारमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनुपरेको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Read More

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरणको १५ दिनको समय गुज्रिँदासमेत राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्कृय भएको छ। नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्नै पर्ने भनिकएको छ। संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक प्रतिनिधिसभा र…

Read More

झापा । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित दुधे – माइधर खण्डमा दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी इटहरी घर भएकी ३० वर्षीया गीता चौधरी रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको विएडसी अस्पताल विर्तामोडले जनाएको छ । घाइतेहरुको विएण्सी अस्पतालमा उपचार भइरहेको छ । कारमा ६ जना सवार थिए । बा १४ च ९१०८ नम्बरको कार…

Read More

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले डेंगी नियन्त्रणका लागि केही नगरेको गुनासो गरेका छन्। मंगलबार नेपाल चिकित्सक संघ दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कोभिडको महामारीबाट सरकारले केही नसिकेको टिप्पणी गरेका छन्। केन्द्रीय मात्रै नभई स्थानीय सरकारले समेत डेंगी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताए। उनका अनुसार काठमाडौंमा सिमित रहेको डेंगी रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए। ‘कोभिडबाट अहिले डेंगीको बेलामा आउँदाखेरी खासै धेरै कुराहरू सिक्न सकेनौं। यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन। हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ । निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ । न्यायाधीश डा। मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ कारण मंगलबार सुनुवाइ हुन सकेन ।

Read More

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पाउने संवैधानिक समय आज सकिँदैछ। विधेयक प्रमाणीकरणका लागि पुगेको आज १५ दिन भएको छ। संविधानअनुसार राष्ट्रपतिले आजसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ। सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए। दोस्रो पटक विधेयक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा उल्लेख छ। संविधान अनुसार राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था…

Read More

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन ।  डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।  प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले आइतबारबाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची मनोनयन प्रक्रिया थालेको छ । आयोगले मनोनयन गर्नुलाई उम्मेदवारको नाम पेस गर्नु भनेको छ । राजनीतिक दलले पनि आइतबार र सोमबार समानुपातिक बन्दसूचीमा परेकाको नाम आयोगमा दर्ता गराइसकेका छन् । आयोगमा मनोनयन हुने दिनलाई हेर्ने हो भने सभामुखको ‘पद के हुन्छ ?’ भन्ने प्रश्न उठेको छ । तर, संविधानविद्ले भने सभामुख अग्निप्रसाद सापकोटा उम्मेदवार मनोनयन नगरेसम्म रहने बताउँछन् ।संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्य ‘सभामुखको पद निर्वाचनका लागि उम्मेदवार मनोनयन नगरे’सम्म रहने बताउँछन् । ‘हाल संसद्को अधिवेशन अन्त्य भएको मात्रै हो, विघटन भएको होइन,’ उनले भने, ‘सभामुख र उपसभामुखले उम्मेदवारमा…

Read More

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू)की अध्यक्ष सुनिता बराल नेकपा एमालेले समानुपातिकको बन्द सूचीमा परेकी छन्। एमालेले पूराना र यसअघि समानुपातिक सांसद भइसकेकाहरुलाई नदोहोर्‍याउने निर्णय गरेसँगै बरालसहित धेरै युवा अनुहारहरु समानुपातिक सूचीमा परेका छन्। मेनका पछाइ, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, दीपा शर्मालगायत युवा नेताहरु समानुपातिक सूचीमा परेका छन्।

Read More

काठमाडौं। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिक उम्मेदवार बन्ने भएकी छन्। उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। कैलाली ५ सहित विभिन्न क्षेत्रबाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेकी राणा समानुपातिक तर्फको उम्मेदवार बनेकी हुन्। कांग्रेसका तर्फबाट उम्मेदवारको बन्द सूची पेश गर्ने काम यतिबेला आयोगमा चलिरहेको छ।

Read More