Author: admin

काठमाडौं । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए । बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उनले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् ।

Read More

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेपछि शीर्षनेताका घरदेखि पार्टी कार्यालयसम्म दौडधुप धाउन व्यस्त छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौं। सर्वोच्च अदालते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संसद् सचिवालयका महासचिवले जारी गरेको पत्र कार्यान्वयनमा रोक लगाएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्र बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। सर्वोच्चको यो आदेशपछि राणालाई क्लिन चिट दिने निर्णय हाललाई यथास्थानमा रहँदै उनको निलम्बनले निरन्तरता पाएको छ। मंगलबार राणाले प्रतिनिधि सभाको नयाँ निर्वाचन भएकाले प्रतिनिधि सभामा आफूविरुद्ध विचाराधीन महाभियोगको औचित्य समाप्त भएकाले काममा फर्कनका लागि जानकारी गराइदिन भन्दै निवेदन दिएका थिए। राणाको उक्त…

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ। शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने र चुनावी समीक्षासमेत गरिने उनले जानकारी दिए। राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। समानुपातिक सांसद क-कसलाई पठाउने भनेर छलफल गर्न लागिएको हो। यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले मुलुकमा संघियताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभइ नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन् । साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए । उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

Read More

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिव डा। भरतराज गौतमको पत्रविरुद्ध परेको रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गतको शुक्रबारको बहस सकिएको छ । गौतमको पत्रविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले रिट दायर गरेका थिए । उक्त रिटमा शुक्रबार पाँच जना वरिष्ठ अधिवक्ताहरूले बहस गरे । बहसकर्ताहरूले गौतमको पत्र विधि र प्रक्रियाविपरीत रहेको दाबी गरेका छन् । गौतमले क्षेत्राधिकार नाँघेर पत्र लेखेको उनीहरूको दाबी थियो ।

Read More

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार ११ बजे बैठक बस्ने तय भएको छ। एमाले सचिवालय बैठकमा समानुपातिकतर्फका सांसदको छनोटलाई मुख्य अजेन्डा बनाइनेछ। निर्वाचनपछि पहिलोपटक बस्ने बैठकले निर्वाचनको समीक्षा पनि गर्नेछ। आगामी सरकार निर्माणका विषयमा समेत साझा धारणा तय गर्ने बताइएको छ। एमालेले ३४ जनालाई समानुपातिक सांसद् बनाउनेछ। प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।

Read More

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनादेशको सम्मान गर्दै नेकपा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्। सम्पन्न निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने अपेक्षा गरिएको भए पनि सत्तामा रहेका दलहरुले गठबन्धन गरेका कारण अपेक्षा अनुसार निर्वाचनको परिणाम हासिल गर्न नसकेकोले जनादेशको सम्मान गर्दै प्रतिपक्षमा बस्ने बताएका हुन्। शुक्रबार बुटवलमा पत्रकारहरुसँग संक्षिप्त रूपमा बोल्दै पौडेलले निर्वाचनको जनादेश एमाले सरकारमा जान नभई प्रतिपक्षमा बस्ने रहेको बताएका हुन्। ‘निर्वाचनले दिएको जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा रहेर आफ्नो सशक्त भूमिका निर्वाह गर्छ, गठबन्धनमा रहेका दलहरूसँग टुक्राटाक्री जोडेर भए पनि उहाँहरूले सरकार बनाउनुहुन्छ,’ उनले भने। पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले एमालेका विरूद्ध सत्तामा रहेका दलहरूले गठबन्धन गरी एमालेलाई…

Read More

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो आरोप लगाएका हुन् । उनी भन्छन्, ‘दुई जनाबीच दूषित जालसाजीपूर्ण मिलेमतो छ । पहिल्यै साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ ?’ वरिष्ठ अधिवक्ता थापाले जबरालाई निलम्बन फुकुवाको पत्र दिनुलाई ‘राजद्रोह’को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’ उनको प्रश्न छ, ‘संसदमा निवेदन…

Read More