काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ।
शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने र चुनावी समीक्षासमेत गरिने उनले जानकारी दिए।
राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। समानुपातिक सांसद क-कसलाई पठाउने भनेर छलफल गर्न लागिएको हो। यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ।
Facebook Comments Box