काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिव डा। भरतराज गौतमको पत्रविरुद्ध परेको रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गतको शुक्रबारको बहस सकिएको छ ।
गौतमको पत्रविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले रिट दायर गरेका थिए । उक्त रिटमा शुक्रबार पाँच जना वरिष्ठ अधिवक्ताहरूले बहस गरे ।
बहसकर्ताहरूले गौतमको पत्र विधि र प्रक्रियाविपरीत रहेको दाबी गरेका छन् । गौतमले क्षेत्राधिकार नाँघेर पत्र लेखेको उनीहरूको दाबी थियो ।
Facebook Comments Box