Author: admin
यि यादहरु साह्रै बेइमान छुस्स मिसकल मार्छ नेटवर्क बिजी राख्छ! रातभर अनिदोँ आँखा बोकेर मस्तिष्क सपना देख्न उद्देलित बन्छ सपना पनि कस्तो अजिब,अजेय,अदृश्य मन उस्तै भावुक सुम्सुम्याउँछ परेलीहरु दुखाउँछ आफैँलाई सोध्छ घरी घरी के जिन्दगी जिन्दगी जस्तै भयो? जिन्दगी आफैँमा प्रश्नचिन्ह बनेर ठिङ्ग उभिन्छ सामुन्ने खोज्छ आफैँलाई निरन्तर निरुत्तर यी संवेगहरुमा फर्कन्छ रित्तो हात उसैगरी! अचेल जिन्दगी घुम्ती मोड र कुइनेटाहरुमा हजारौँ ठक्कर खाएर रन्थनिँदै सुस्त गतिमा चल्दैछ थियो दौडनुपर्ने रफ्तारमा कठै!घिस्रँदै पो छ यि घर्षणहरुले छोडेका धुन कति नमिठा बिरक्त लाग्दा! सायद परिवर्तन जरुरी थियो आफैँ चल्नु भन्दा इशारामा चल्नु र त जिन्दगी जिन्दगी…
सिरहा । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् । विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका कामतीलाई जिल्ला अदालत सिरहामा आवश्यक कारबाहीका लागि पेस गरिने सिरहाका प्रहरीले जनाएको छ ।
नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ । सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा…
राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न राष्ट्रपति विद्या देवि भण्डारीले सबैलाई आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भइरहेको बताएकी छिन् । उनले ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई पूर्ण सार्वभौम बनाएको जारी सन्देशमा उल्लेख गरेकी छन् । राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिंगो मुलुक आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा…
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्य पारेर आठ सय बढीको कैद मिनाहा गरिएकाे छ । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले कैद मिनहा गरेको उल्लेख गरेका छन् ।
झापा । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि झापाकाे काँकरभिट्टामा सुरु हुँदैछ । पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने दुई दिवसीय क्षेत्रीय प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गर्दैछन् । आठौँ गणतन्त्र दिवसको सन्दर्भ पारेर आयोजित प्रतियोगितालाई सम्पन्न गर्न खेलकुद विकास समितिका पदाधिकारीको नेतृत्वमा विभिन्न १० वटा उपसमिति निर्माण गरी परिचालन गरिएको समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए । पूर्वी नेपालका १६ वटा जिल्लाका खेलाडीबीचमा विभिन्न ६ वटा खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा काँकरभिट्टा उमाविको खेल मैदानमा एथ्लेटिक्स, नयाँ बसपार्क प्यारीभिट्टामा भलिबल र कबड्डी, काँकरभिट्टा खानेपानी…
हिरोशिमा, १४ जेठ । बाराक ओबामा दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमाथि गरेको एटम बम प्रहारपछि हिरोशिमाको भ्रमण गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् । शुक्रवार हिरोशिमामा आयोजित ‘स्मृति सभा’मा बोल्दै ओबामाले ६ अगस्ट १९४५ (एटम बम खसालिएको दिन) कहिल्यै पनि बिर्सन नसकिने बताए । तर अमेरिकाले गरेको उक्त आक्रमणका लागि ओबामाले माफी भने मागेनन् । एटम बम प्रहारबाट जोगिएका व्यक्तिहरू भेला भएको उक्त समारोहमा राष्ट्रपति ओबामाले संसारबाट आणविक हतियार निर्मूल गर्नुपर्ने बताए । त्यसअघि राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री शिन्जो आबेले शान्ति स्मारक बाटिकामा पुष्पगुच्छा अर्पण गरेका थिए । हिरोशिमामा एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो र दुई…
आज रुँदैछ मन, खै छातीको कुन कुना भक्कानिँदैछ पत्तो छैन, डुब्दैछन आँखा आँसुका आहालमा, मेरो देश सँग-सँगै टिलपील छन आँखाहरु । अनि- देख्दैछ यो आँखालेति आदेशानुसारी व्याधाहरुको ताण्डव । अनि- खण्डमा विभाजीत संघीयता , पक्षपाती संविधान र गर्वेटुहुरो बन्न बाध्य बालकको भविष्यमा भोजको आयोजना गर्ने पाखण्डी नेतृत्वलाई धिक्कार्दैछ मनले । उसले संविधान खोजेको हैन उसले त विकास खोजेको हो, स्थायित्व अनि विकेन्द्रिकरण खोजेको हो । सगरमाथाको टाकुराबाट बुद्दको सन्देश फुक्न चाहन्छ उ। अनि पहिचान र संघीयताको भुमरि बाहिर कर्णालीको भोकमारी साम्य पार्न चाहन्छ मेरो देश । दाईजोका नाममा आफ्नै लोग्नेबाट जल्ने त्यो मधेसमा नागरिक शिक्षा चाहेको हो । आउ! उसलाई…
झापालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको अवस्थामा अझै ८ हजार २ सय २४ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।यही जेठ १७ गते शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले झापालाई साक्षर जिल्ला घोषणा गर्दैछन् । तर १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय २४ जना व्यक्ति शिक्षाको पहुँचबाट अझै टाढा रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले बताए ।