काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्य पारेर आठ सय बढीको कैद मिनाहा गरिएकाे छ ।
असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले कैद मिनहा गरेको उल्लेख गरेका छन् ।
Facebook Comments Box