Author: admin
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरूप टुंगोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरू गरेको बताए। ‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ।’ राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई तत्कालका नरहेको प्रष्ट पारेको छ। नेकपा एसका महासचिव बेदुराम भुसालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन् ।
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गरी फर्किएका थिए । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि उडान प्रभावित हुने भएको छ । क्यालिब्रेसन उडानका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान भएका उपकरणको परीक्षणका लागि बिहीवारदेखि भइरहेको क्यालिब्रेसन उडानका कारण आन्तरिक वायुसेवाको उडान प्रभावित हुनेछन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहीवार क्यालिब्रेसन नसकिएकाले शुक्रवार पनि गर्नुपर्ने भएको छ । यसका लागि अहिले १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि ५ बजेसम्मका लागि नोटिस टु एयरम्यान (नोटाम) जारी गरिएको सिटौलाले बताए । नोटामको समयमा विमानस्थलबाट हुने उडान तथा अवतरण हुँदैन । क्यालिब्रेसन उडानका कारण बिहीवार आन्तरिक वायुसेवाका उडान प्रभावित भए भने आज पनि…
काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुमवासीलाई अहिले नहटाउन काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहलाई नहटाउन चेतावनी दिएको छ। आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुमवासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी–गैरसरकारी निकायलाई भनेको हो। ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न-नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ। आयोगले भदौ ३१ देखि भूमिहीनका…
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । भेटवार्तामा गठबन्धनको सरकारमा संघ प्रदेशमा जनमत पार्टी पनि सहभागी हुने सहमति भएको निधिले जानकारी दिए । निधिले फेसबुक एकाउन्टमा स्टाटस लेखेर प्रधानमन्त्री देउवा र राउतबीच भेटवार्ता भएको उल्लेख गरेका छन् ।‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कदै छु । दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, निधिले भनेका छन्, ‘गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र…
काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार धनराजले आठ हजार ९६७ मत पाएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी पद्मा अर्यालले सात हजार ४४ मत पाएकी छन् । धनराज एक हजार ९२३ मतले अगाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार ९९९ मत पाएका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो । सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको…
काठमाडौं । यस वर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५३ हजार ९५१ र मृतकको संख्या ६२ पुगेको हो । जसमध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएका थिए । त्यसयता निरन्तर घट्दो क्रममा रहेको डेंगी नेभेम्बरमा ३ हजार ९४० जनामा पुष्टि भएको महाशाखाको तथ्यांक छ । प्रदेशअनुसार सबैभन्दा धेरै वाग्मतीमा ४१ हजार ९४७ जना र सबैभन्दा कम कर्णालीमा ६७७ जनामा डेंगी पहिचान भएको थियो ।
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गरेका हुन् । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे । कार्की २०७४ सालमा पनि यहि निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।