काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त सीके राउतबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । भेटवार्तामा गठबन्धनको सरकारमा संघ प्रदेशमा जनमत पार्टी पनि सहभागी हुने सहमति भएको निधिले जानकारी दिए ।
निधिले फेसबुक एकाउन्टमा स्टाटस लेखेर प्रधानमन्त्री देउवा र राउतबीच भेटवार्ता भएको उल्लेख गरेका छन् ।
‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कदै छु । दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, निधिले भनेका छन्, ‘गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’
राउतले सप्तरी-२ बाट चुनाव जितेका छन् । उनले पार्टी सानुपातिकको थ्रेसहोल्ड पनि कटाएको छ ।