Author: admin
झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। एमालेका घिमिरले २८ हजार ६९७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २६ हजार ४४१ मत पाएका छन्। यहाँ नेकपा एमाले परित्याग गरे माओवादी उम्मेदवार बनेका हरि राना तेस्रो भएका छन्। तेस्रो स्थानमा गठबन्धनका साझा उम्मेद्वार रानाले १३ हजार ९२४ मत ल्याए भने चौथो स्थानमा स्वतन्त्रका उम्मेद्वार अनिरुद्र गिरीले ८ हजार ७७७ मत ल्याए । यो सँगै क्षेत्र नं २ मा एमालेले क्लिन स्वीप गरेको छ। यसअघि यस क्षेत्रका दुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका…
झापा । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले ५१६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३२३१ मत पाएका छन् । अधिकारी ओलीसंग भारी मतले पराजित भएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। शर्माले तेस्रो प्रयासमा संसदीय जित हासिल गरेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गरे। शर्माले ३९ हजार ६सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन्।
जनकपुर। सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्। राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए।
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे। केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठक १८ हजार ८२५ मतमा सीमित रहे।
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मतमात्र प्राप्त गरे । दुई उम्मेदवारले प्राप्त गरेको मत अन्तर १२ हजार ६५१ मत रहेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्य कार्की निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् । उनले २०७४ सालको आम निर्वाचनमा…
एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी भएका छन। भट्टराईले सत्तारुढ गठवन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४२ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७३८ मत पाएका छन्।
झापा । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली काँग्रेसका बिश्वप्रकाश शर्माको जित निश्चित भएको छ । अब गणना गर्न बाँकी मत भन्दा मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो । ११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडी रहेका छन् । ८१ हजार ७ सय ६४ मत मध्ये ७० हजार ३ सय ४१ मत गणना हुदाँ शर्माले ३४ हजार ५ सय ८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार खरेलले २१ हजार ८ सय २८ मत प्राप्त गरेका छन् ।
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । यहाँ गन्न बाँकीभन्दा बढी मतले शर्माले लिड गरेका छन् । यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल बन्दैछन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामाजुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता बनाएका छन्। अहिलेसम्म २७३३८ मत गणना हुँदाशाहीले १४१२१ पाएका छन्। यस्तै गोमा गौतम कुँवर (हँसियाहथौडा) ७०८६ र रतननाथ योगी (सुर्य) – ३५८२ पाएका छन्।