झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
एमालेका घिमिरले २८ हजार ६९७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २६ हजार ४४१ मत पाएका छन्।
यहाँ नेकपा एमाले परित्याग गरे माओवादी उम्मेदवार बनेका हरि राना तेस्रो भएका छन्। तेस्रो स्थानमा गठबन्धनका साझा उम्मेद्वार रानाले १३ हजार ९२४ मत ल्याए भने चौथो स्थानमा स्वतन्त्रका उम्मेद्वार अनिरुद्र गिरीले ८ हजार ७७७ मत ल्याए ।
यो सँगै क्षेत्र नं २ मा एमालेले क्लिन स्वीप गरेको छ। यसअघि यस क्षेत्रका दुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवारहरु एकराज कार्की र तिलचन पाठक विजयी भएका थिए ।
Facebook Comments Box