Author: admin

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने ?’ भन्ने अन्योलमा छन् । राणामाथि सत्ता गठबन्धन तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले गत १ फागुन २०७८ मा ‘महाअभियोग’ दर्ता गरेका थिए । लामो समयसम्म संसद सचिवालयमा रोकिएको ‘महाअभियोग’ विषय सत्ता गठबन्धनले छिटो टुंग्याउनेभन्दा पनि अलमल्याउने नीति लिएपछि प्रक्रिया लम्बियो । त्यसपछि कार्यकाल सकिन लाग्दा संसद्बाट महाअभियोग समिति बनाएर प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि निर्वाचन मिति…

Read More

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन नेपाल बारका पदाधिकारी र अन्य वकिलहरू सर्वोच्चको गेटमा बसेका भेला भएका छन्। राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् । संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । राणा फकर्किने भएलगत्तै बारको बैठक बसेको थियो ।

Read More

काठमाडौं। निलम्बन फुकुवाको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक बोलाएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको बताए। ‘के गर्ने भनेर हामी छलफल गर्दैछौं। नेपाल बार पुरानै अडानमा छ,’ उनले भने। चोलेन्द्र फर्किए आन्दोलन गर्ने आफूहरुको तयारी रहेको बारका एक पदाधिकारीले बताए।

Read More

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश राणा महाअभियोग निष्प्रभावी भएको पत्र पाएसँगै बुधबार सर्वोच्च अदालत जाने भएका छन्। राणाले मंगलबार आफूविरूद्ध महाअभियोग दर्ता भएको संसदको कार्यकाल समाप्त भएकाले महाअभियोग निष्प्रभावी पारिदिन संसद सचिवालयमा निवेदन दिएका थिए। उनको निवेदनपछि संसद सचिवालयले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतमा महाअभियोग निष्प्रभावी भएको पत्र पठाएको हो।

Read More

काठमाडौँ । रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हिजो मुद्दा दायर गरेका हुन । उनी यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित भएका थिए । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै  गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका बताइएको छ । गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ । रुपन्देही क्षेत्र नं. २ मा एमाले उम्मेदवार विष्णु पौडेल…

Read More

काठमाडौँ । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बताइएको छ  । आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ । सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम…

Read More

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।  कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

Read More

काठमाडौं। दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कूटनीतिक नोट पठाएको पुष्टि गरिन्। ‘दार्चुला तटबन्धका सन्दर्भमा नेपाल सरकारका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पठाइएको छ,’ लम्सालले भनिन्। यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने उनले बताइन्। गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाइ चिठी लेखेको थियो। सो चिठीका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको हो। सरकारले प्राविधिक रूपमा समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्नेमा जोड…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्यमा पराजित भएका मिश्रले निर्वाचनमा २४ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्। मिश्रले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका छन्।

Read More

काठमाडौं । सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ । सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो । समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै समितिले सुकुम्वासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने समेत जनाएका छन् । धर्नामा सहभागीहरुले सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, भूमि भएका कसरी सुकुम्वासी हुन्छ ? लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्वासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापन पत्र समेत…

Read More