काठमाडौं। निलम्बन फुकुवाको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक बोलाएको छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको बताए।
‘के गर्ने भनेर हामी छलफल गर्दैछौं। नेपाल बार पुरानै अडानमा छ,’ उनले भने। चोलेन्द्र फर्किए आन्दोलन गर्ने आफूहरुको तयारी रहेको बारका एक पदाधिकारीले बताए।
Facebook Comments Box