काठमाडौं । सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ ।
सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो ।
समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै समितिले सुकुम्वासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने समेत जनाएका छन् । धर्नामा सहभागीहरुले सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, भूमि भएका कसरी सुकुम्वासी हुन्छ ? लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्वासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापन पत्र समेत बुझाएको छ ।