प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश राणा महाअभियोग निष्प्रभावी भएको पत्र पाएसँगै बुधबार सर्वोच्च अदालत जाने भएका छन्।
राणाले मंगलबार आफूविरूद्ध महाअभियोग दर्ता भएको संसदको कार्यकाल समाप्त भएकाले महाअभियोग निष्प्रभावी पारिदिन संसद सचिवालयमा निवेदन दिएका थिए।
उनको निवेदनपछि संसद सचिवालयले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतमा महाअभियोग निष्प्रभावी भएको पत्र पठाएको हो।
Facebook Comments Box
