Author: admin
विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गीतको भिडियोमा गरिमा पन्त र सुशान्त कार्कीको अभिनय रहेको छ। कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ। बाबुराम ढकाल निर्देशित फिल्ममा गरिमा र सुशान्तका अलावा ध्रुव दत्तले प्रुमुख भूमिका निभाएका छन्। फिल्म असार १७ मा रिलिज हुनेछ। https://youtube/UXU2th8bDUU
ओस्टिन । अमेरिकाको ह्यूस्टनमा शिक्षक-विद्यार्थीबीच भएको शारीरिक सम्बन्धको एउटा अनौठो घटना बाहिर आएको छ । यहाँकी एक शिक्षिकाको १३ वर्षीय किशोरसँग माया बस्यो । यतिमात्रै होइन दुबैले यौनसम्बन्ध राखेपछि शिक्षिका गर्भवती पनि भइन् । विद्यार्थीसँगको यौनसम्बन्धबाट गर्भवती भएकी शिक्षिकाको नाम एलेक्जेन्ड्रा भेरा हो र उनी २४ वर्षकी छन् । बालकसँग यौनसम्बन्ध राखेको घटनामा चलेको मुद्वामा उनले अदालतबाट तारेखमा छुट्टी पनि पाइसकेकी छन् । घटना ह्यूस्टन (टेक्सास) स्थित थोमस जे स्टोभल मिडल स्कुलको हो । एलेक्जेन्ड्रा आफैंले बालकसँग यौनसम्बन्ध राखेको कुरा प्रहरीसमक्ष स्वीकार गरेकी छन् । आठौं कक्षाकी शिक्षिका एलेक्जेन्ड्राका अनुसार उनी पाँच महिनाअघिदेखि १३ वर्षीय विद्यार्थीसँग सम्बन्धमा थिइन् । यसक्रममा दुबैबीच…
विर्तामोड । वातावरण संरक्षण मञ्च नेपालले आगामी जेठ २४ र २५ गते झापाको विर्तामोडमा वातावरणमैत्री प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी कार्यक्रम हरित मेला आयोजना गर्ने भएको छ । उक्त आयोजना झापामा पहिलोपल्ट हुन लागेको आयोजकले जनाएको छ । ४४ औं विश्व वातावरण दिवस जेठ २३ गते घोडामारा नजिकैको उद्यानमा वृक्षारोपण गर्ने मञ्चले जानकारी दिएको छ । शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै मञ्चले एक्सपोमा सौर्य उर्जा प्रविधि, बायो व्रिकेट लगायतका वातावरण मैत्री बस्तुहरु राखिने जनाएको छ ।
मुम्बई: रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय नागरिकहरूले शुक्रबार बिहान क्रुरतापूर्वक हत्या गरेका हुन् । कैलालीको लम्कीचुहा नगरपालिका-२ चौरी निवासी ३० वर्षीय मदन सुनार र २८ वर्षीय राजु सुनारको बिहीबार बिहान साढे दुई बजेको समयमा भारतीयबाट हत्या भएको हो । हत्या गरिएका युवा मदन इेक्ट्रसियनको काम गर्दै आएका थिए । हत्या गरिएका अर्का युवा राजु छ महिने छोरी र पत्नीसहित बालाजी प्यालेस भवनमा बस्दै आएका थिए । उनी सोही भवनमा सुरक्षागार्डकारुपमा एक महिनादेखि कार्यरत थिए…
झापा, जेठ २१ । ‘मिस टिन पूर्वाञ्चल सिजन २’ प्रतियोगिता अाजबाट सुरु भएको छ । विर्ता मिडिया एण्ड इन्टरटेनमेन प्राइभेट लिमिटेड विर्तामोडको आयोजनामा प्रतियोगिता सुरु भएकाे हाे। पहिलो अडिसन अाज पाँचथरको फिदिमबाट सुरु हुँदैछ । फिदिममा अाज अडिसनको उद्घाटन हुँदै इलाममा २३ गते, झापामा २५ गते, मोरङ्मा २६ गते र सुनसरीमा २७ गते अडिसन हुने आयोजकले जनाएको छ । प्रतियोगितमा प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्नेले क्रमश नगद ५० हजार पाउनेछन् । साथै तीनै जनाले छात्रवृति र मिस टिन नेपालमा सहभागि हुने अवसर समेत पाउनेछन् । प्रतियोगितामा १३ देखि १९ वर्षसम्मका किशोरीहरुले सहभागिता जनाउनेछन् ।
विर्तामोड । झापाका सञ्चार उद्यमी शोभित शर्माको गए राति भारतको दिल्लीमा निधन भएको छ । झापाको शनिश्चरेमा सञ्चालित राजश्री केवल नेटवर्कका सञ्चालक तथा मेची केवल टिभी एशोसियनका उपाध्यक्ष शोभित शर्माको दिल्लीमा उपचारको क्रममा निधन भएको हो । उनको शव एयर एम्बुलेन्सबाट शुक्रबार आज झापाको विर्तामोड ल्याइने जनाइएको छ । जरो आएपछि उनलाई भारतको सिलिगुडीमा उपचारका लागि लगिएको थियो । तर सिलिगुडीबाट उनलाई दिल्ली रेफर गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
चन्द्रपुर, २१ जेठ । ‘हामीलाई यसरी तपाईको कार्यालयमा देख्दा अचम्म लाग्ला, हामी गाउँका समस्या लिएर आएका किशोरकिशोरी हौं, एकपटक गाउँ हेरेर हाम्रो समस्या सुनिदिन बिनम्र अनुरोध गर्दछौं, रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थित भोलनटारका किशोरकिशोरीले नगरपालिकाको कार्यालय र इलाका प्रशासन कार्यालयलाई लेखेको पत्रको अंश हो यो। अन्नपूर्ण पोस्टमा समाचार छ। बस्तीका एक दर्जनभन्दा बढी किशोरकिशोरीले चन्द्रपुर नगरपालिकाको कार्यालयका प्रमुख मिठाराम हुमागाई र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गिरीधारी सुवेदीलाई आफ्नो बस्ती हेर्न आउन आग्रह गर्दै पत्र लेखेका हुन्। नगरपालिकाभित्रको बस्ती भएपनि सरकारी तथा गैरसरकारी संघसंस्थाले दिने सेवा सुविधाबाट भोलनटार, इपिलघारी, अरुणबस्तीका बासिन्ता वर्षौदेखि वञ्चित छन्। करिब २० वर्षअघिदेखि बसोबास गर्दै…
काठमाडौं, २१ जेठ –प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयसँग सहमति नलिई गृह मन्त्रालयले १५ जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित ५१ जना काज सरुवा गरेपछि सत्तारुढ गठबन्धनमा खटपट बढेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । सरुवा निर्णय सार्वजनिक भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव सोमलाल सुवेदीले निर्णय रद्द गर्न गृहलाई निर्देशन दिए । तर रवाना पत्र बुझिसकेकाले सम्भव नभएको भन्दै गृह आफ्नो निर्णयमा अडिग बस्दा विवाद चुलिएको हो । गृहले निजामति कर्मचारीको आधिकारिक युनियनको निर्वाचनको अघिल्लो दिन १८ मा १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित ५१ जनाको काज सरुवा गरेको थियो । सरुवामा ९ जना सहायक प्रमुख जिल्ला अधिकारीले…
काठमाडौँ,२१ जेठ। गत वर्ष एसएलसी परीक्षाको आवेदन फाराम भरेकामध्ये झन्डै साढे सात हजार विद्यार्थी अयोग्य रहेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरमा कुल सात हजार चार सय विद्यार्थी अयोग्य भएको पाइएको हो । परीक्षा नियन्त्रक कृष्ण काप्रीले एसएलसीको परीक्षा फारम भरेका, तर हाजिरी नपुगेर उनीहरू अयोग्य देखिएको जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ । ०७२ को एसएलसीमा नियमित र एक्ज्याम्टेडतर्फ गरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएका थिए । फारम पहिले नै भर्ने गरेको, तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाइ छाडेकाले हाजिरी नपुग्ने गरेको उनको भनाइ छ । उनका अनुसार अयोग्यको संख्या अझ केही थपिन…
वीरगन्ज, २१ जेठ । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी –आईसीपी) बनाएको छ । वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माणकार्य जारी छ । दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने…