विर्तामोड । झापाका सञ्चार उद्यमी शोभित शर्माको गए राति भारतको दिल्लीमा निधन भएको छ ।
झापाको शनिश्चरेमा सञ्चालित राजश्री केवल नेटवर्कका सञ्चालक तथा मेची केवल टिभी एशोसियनका उपाध्यक्ष शोभित शर्माको दिल्लीमा उपचारको क्रममा निधन भएको हो । उनको शव एयर एम्बुलेन्सबाट शुक्रबार आज झापाको विर्तामोड ल्याइने जनाइएको छ ।
जरो आएपछि उनलाई भारतको सिलिगुडीमा उपचारका लागि लगिएको थियो । तर सिलिगुडीबाट उनलाई दिल्ली रेफर गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
Facebook Comments Box