विर्तामोड । वातावरण संरक्षण मञ्च नेपालले आगामी जेठ २४ र २५ गते झापाको विर्तामोडमा वातावरणमैत्री प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी कार्यक्रम हरित मेला आयोजना गर्ने भएको छ ।
उक्त आयोजना झापामा पहिलोपल्ट हुन लागेको आयोजकले जनाएको छ । ४४ औं विश्व वातावरण दिवस जेठ २३ गते घोडामारा नजिकैको उद्यानमा वृक्षारोपण गर्ने मञ्चले जानकारी दिएको छ ।
शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै मञ्चले एक्सपोमा सौर्य उर्जा प्रविधि, बायो व्रिकेट लगायतका वातावरण मैत्री बस्तुहरु राखिने जनाएको छ ।
Facebook Comments Box