Author: admin
काठमाण्डाै । संसदीय गतिरोध अन्त्यका लागि सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच संसदीय छानविन समिति गठन गर्न सहमत भएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा पेश गरेको वार्षिक बजेटको सूचना संसदमा पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सदन अवरोध गरेपछि सत्तापक्ष त्यसको छानविनका लागि समिति गठन गर्न तयार भएको हो। ‘सदनमा पेश गर्नु पहिले बजेटका कतिपय सूचना बाहिर प्रकाशित गर्नु संसदीय मर्यादा विपरित भएकाले उक्त कार्यको छानविन गर्न संसदीय समिति गठनका लागि सरकारसँग सहमति भएको छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने। समितिको सदस्य संख्या, त्यसको संयोजक र समितिको कार्यविधिबारे प्रमुख राजनीतिक दलका नेताहरु र सभामुखबीच छलफल भइरहेको निधिले…
बिर्तामोड । हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ । नेपाल चिया उत्पादक संघसँग भएको पूर्व सहमति अनुसार आफूहरुले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ । यसैबीच झापाका राजनीतिक दलका प्रमुख र साना किसान झापाली चिया व्यवसायी संघका पदाधिकारीबीच आज मंगलवार संवाद समूहको सचिवालय बिर्तामोडमा विवाद समाधान बारे छलफल भएको छ । छलफलले हरियो चिया पत्तीको मूल्य विवाद समाधानका लागि राजनीतिक दलका प्रमुखहरुको सुझावलाई मनन गर्दै सबै सरोकारवाला पक्षहरुबीच एक पक्षीय र बहुपक्षीय संवादमार्फत तत्काल निकास खोज्ने निर्णय गरेको छ । जसअनुसार उद्योगी,जिल्ला प्रशासन,चिया तथा कफी विकास बोर्ड,किसानका प्रतिनिधिसंग…
विराटनगर । पशु विकास सेवा कार्यक्रम अन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा रु ४८ लाख वितरणको तयारी गरेको छ । यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत छनोट भएका किसान र व्यवसायी समेत गरी २५ जनालाई सो रकम वितरण गर्न लागिएको वरिष्ठ पशु चिकित्सक सुशील अधिकारीले जानकारी दिनुभयो । पशु विकास सेवाअन्तर्गत युवालक्षित कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार गठित मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा जेठ २९ गतेसम्म कार्यक्रम सम्पन्न गर्ने सम्झौता भएको छ ।
काठमाडौँ । हाल संसारमा ७९ करोड ५० लाख व्यक्ति कुपोषणबाट पीडित छन् । प्रतिवर्ष ३१ लाख बालबालिकाको मृत्युको कारण पनि कुपोषण रहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की– मुनले सन् २०३० सम्ममा विश्वबाट भोकमरीको अन्त्य गर्ने विश्वास व्यक्त गरेको विषयलाई कार्यान्वयनमा लैजाने उद्देश्यले सरोकार भएकाहरुबीच संवाद चलाउने उद्देश्यले बुधबारदेखि ललितपुरमा विश्व नागरिक समाज संवाद कार्यक्रम हुँदैछ । यही जेठ १९, २० र २१ गते हुने उक्त सम्मेलनमा नेपाल लगायत विश्वका विभिन्न मुलुकका सरोकार भएका, विषयविज्ञ गरी १५० व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रमको आयोजना सिभिल एकेडेमी, रुरल रिकन्स्ट्रक्सन नेपाल, सिभिल सोसाइटी एलायन्स फर न्युट्रेसन नेपाल, एनजिओ फेडरेसन अफ नेपाल,…
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको बताएका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो,’ खनालले भनेका छन् । बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’ कृषिमन्त्री…
दमक, १८ जेठ । झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको हो । पाठशालाको ९४ वर्षीया बालविधुवा हरिमाताले सोमबार एक कार्यक्रमका बीच सो विद्यालयको विधिवत उद्घाटन गरेका थिए । चारैतिर जङ्गलले घेरिएको क्षेत्रमा पहिलोपटक सताक्षीधाममा गुरुकुल संस्कृत विद्यालयमा पढाइ सुरू भएको छ । गोलोक गोवद्र्धन गौशालाले निर्माण गरेको श्री हरिवेद विद्यालयमा माध्यमिक तहसम्मको आवासीय संस्कृत विद्याको पढाइ सुरू गरिएको गौशालाका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले बताए । सो विद्यालयमा हाल पाँचजना विद्यार्थी अध्ययनरत छन् । झापा, सङ्खुवासभा र भारतको कालिङपोङबाट विद्यार्थी आएका सो…
झापाको मेचीनगरमा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण हुने भएको छ ।
झापा। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले साेमबार देखी जापनिज इन्सेफलाइटिस् विरुद्ध खोप लगाउन सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताका अनुसार झापाका २ लाख ५० हजार बालबालिकालाई सो खोप लगाउने भएको हो । खोप अभियान असार ७ गतेसम्म चल्ने छ । झापामा दुई चरणमा खोप लगाउने कार्यक्रम अन्तर्गत माई पुर्वका गाविस तथा नगरपालिकामा आजदेखी खोप दिन सुरु गरिएको हो । माई पश्चिमका क्षेत्रमा भने जेठ ३१ गतेबाट खोप दिन सुरु गरिने छ । सम्बन्धित खोप केन्द्रमा लगी खोप अभियानमा आफ्ना बालबालिकाहरुलाई सहभागि गराउन मेहेताले आग्रह गर्नुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जापनिज इन्सेफलाइटिस्को…
खबरमञ्च। केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौ केराको फूलबाट कुन कुन रोग भगाउन सकिन्छ । मधुमेय रोगीको लागि फाइदाः एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ । यसले प्राकृतिक रुपमा डिप्रेसन कम गर्छ : यस फुलमा…
काठमाण्डाै । यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन ग्रेडिङ प्रणालीबाट हुँदैछ । कान्तिपुर दैनिकमा समाचार छ। विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् र ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीको कौतुहल छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए।