मेचिनगर, जेठ १८ ।
झापाको मेचीनगरमा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण हुने भएको छ ।
मेचीनगर नगरपालिका मेचीनगर—१० काँकरभिट्टामा ७ धुर जमीन निःशुल्क जेष्ठ नागरिक मेचीनगर समितिलाई उपलब्ध गराएपछि भवन बन्ने भएको हो ।
भवनको सांसद रविन कोइरालाले सोमबार शिलान्यास गर्नुभयो ।
पंण्डित शिवप्रसाद गौतमले स्वस्ती वाचन र मन्त्रोचारण गरी शिलान्यास गर्नुभएको थियो । कुल ५ लाख ५० हजार १ सय ९९ रुपैयाँको लागतमा बन्ने चौतारी निर्माणका लागि मेचीनगर नगरपालिकाले ३ लाख ५० हजार र उपभोक्ता समितिको १ लाख ५० हजार गरी करिब ५ लाख रुपैयाँ संकलन हुने बताईएको छ ।
जेठ ५ गते योजनामा सम्झौता भएको र १२ गतेदेखि काम शुरु गरी चालु आर्थिकवर्षको असार १५ गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण उपभोक्ता समितिका अध्यक्ष अंगतबहादुर थापाको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा जेष्ठ नागरिक झापा जिल्ला संघका सदस्य कृष्णप्रसाद उप्रेतीलगायतले बोल्नुभएको थियो ।
थापाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सचिवमा नरेन्द्रप्रकाश सिटौला, कोषाध्यक्षमा संगीता रिमाल, सदस्यहरुमा कमला सुबेदी, रामप्रसाद दाहाल, मिरा कार्की रमेश कार्की रहेका छन् ।
कृष्णप्रसाद सुवेदीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ ।
समितिको सदस्यहरुमा खड्ग बराल , बिजय खरेल, सावित्रा अधिकारी, चम्पामाया तामाङ्ग रहेका छन् ।