विराटनगर । पशु विकास सेवा कार्यक्रम अन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा रु ४८ लाख वितरणको तयारी गरेको छ ।
यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत छनोट भएका किसान र व्यवसायी समेत गरी २५ जनालाई सो रकम वितरण गर्न लागिएको वरिष्ठ पशु चिकित्सक सुशील अधिकारीले जानकारी दिनुभयो । पशु विकास सेवाअन्तर्गत युवालक्षित कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार गठित मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा जेठ २९ गतेसम्म कार्यक्रम सम्पन्न गर्ने सम्झौता भएको छ ।
Facebook Comments Box